होसियारी कमरेडहरु
सामन्तवाद भित्रिदैछ अब यहाँ
भारतिय विस्तारवादले जरा गाड्दै छ यहाँ
नेपाल भित्रकै धमिराहरु अब
जुर्मराउन थालेका छन यहाँ
त्यसैले होसियार ! कमरेडहरु||1||
जस्ले जहाँ जे पनि गर्न सक्छ अब यहाँ
राष्टिय अखण्डता विरुद्द धावा बोल्दै छन यहाँ
जनसविधान निर्माण नगर्ने चाल चल्दै छन यहाँ
त्यसैले होसियार ! कमरेडहरु ||2||
नेपाल आमाको सिँउदो पुछ्नेहरु
बिना रोकतोक डुलिरहेका छन यहाँ
अमेरिकी सामारज्यवाद र भारतिय विस्तारवादका
नोकरहरु नाइके बनिरहेछन यहाँ त्यसैले
यिनीहरुको निर्मुल पार्न सच्चा र
इमानदार कमरेडको खाँचो छ यहाँ||2||
गणतन्त्र र सघियताको विरुद्ध
आफ्ना आफ्ना जाल बुन्दै छन यहाँ
जातिय भाषीक एकतामा जाल
बुन्न खोज्नेहरु पनि धेरै छन यहाँ
त्यसैले होसियार ! कमरेडहरु||3||
जातिय द्धन्द भित्र्याइ रमिता
हेर्नेहरु धेरै भइसके यहाँ
भाइभाइ विचमा फाटो ल्याइ
फाइदा लुट्ने धेरै भए यहाँ
त्यसैले होसियार ! कमरेडहरु ||4||
यहाँ जति खेर जे पनि हुन सक्छ
जसले जे पनि गर्न सक्छ
त्यसैले होसियार कमरेडहरु
यहाँ जति खेर जे पनि हुन सक्छ
जसले जे पनि गर्न सक्छ
त्यसैले होसियार ! कमरेडहरु ||5||
