१) डुबे म डुबे माया प्रेम सागरमा
रोजे म रोजे तिम्लाई हजार हजारमा
न देख्दा तिमीलाई मिल्दैन चैन
केही गर्दा पनि लाग्दैन मन
म त पागल भएँ मेरै विचारमा
डुबे म डुबे
रोजे म रोजे
२) तर्पे म तर्पे माया तिमी न भेट्दा
रोएँ म रोएँ माया तिमी न बोल्दा
के गरि देखाउँ मनको ब्याथा
छैन कुनै उपाय म सँग त्यस्ता
तिमी जस्ती निष्ठुरी छैन यो संसारमा
डुबे म डुबे
रोजे म रोजे
३) पूजे म पूजे माया शिवको चरणमा
माँगे म माँगे त्यहाँ तिम्लाई जीवनमा
अरु के गरुँ म तिमीलाई पाउन
मर्नु परे मर्छु तिमी हेर्दै जाउन
मलाई न सताउ अरु बेकारमा
डुबे म डुबे
रोजे म रोजे

Like
I like this song.