शायद टाढा गइदियौ कसमहरू तोडेर
अतितका यादहरू सबै छोडेर
आफ्नो मिठो माया घृणातिर मोडेर
अतितका यादहरू सबै मेटेर ।
धेरै लामो डोरी चुँड्यौ नयाँ डोरी भेटेर
डोरीसँगै माया चुँड्यौ मन भाँचेर
सम्झनका पलहरू गए फाटेर
अतितका यादहरू सबै मेटेर ।
मेरो माया बिर्सियौ अर्कैसँग मन साटेर
नमेटिने रैछ घाउ खाटा बसेर
बल्झिदिन्छ घरी घरी ताजा बनेर
अतितका यादहरू सबै मेटेर ।
“निरोगी”
