जति लेखा जोखा गरे पनि
उही त रहेछ मान्छे चोला
मल्ली सुनको सिक्का जस्तै
जहाँ जोखे नि एकै तोला
दु:ख बेची सुख किन्ने
अभिलासा मनमा बोकी
कहिले शहर कहिले बजार्
भौतारीदै मोल्-तोल गरी
जिउनै पर्ने रहेछ हजुर्
नाटक जस्तै अभिनय गरी
आँशु सँग हाँसो साट्ने
आसै आसमा सन्धै तड्पी
कहिले पश्चिम कहिले पूर्व
लक्ष बिहीन यात्री बनी
हिंड्नै पर्ने रहेछ हजुर्
थकाइ लागी थाके पनि
जति लेखा जोखा गरे पनि
उही त रहेछ मान्छे चोला
मल्ली सुनको सिक्का जस्तै
जहाँ जोखे नि एकै तोला
