Skip to content


संयोगको तीर बनाइ मैतिर फर्काएर
धमिलो पानीभित्र माछा मार्ने दाउ गर्यौ
(देउरालीको चौतारीमा वर पिपल साँच्ची राखी
चोखो माया लाए पनि केही न केही को भाउ गर्यौ)२

उदाहरण बन्ने भन्थ्यौ ढुकुरको जोडी जस्तै
आहारा टिप्न नजान्दै किन छिट्टै माउ बन्यौ
(जङ्गलमा उम्रने बिशालु काडा जस्तै
कहिल्यै नि नथाक्ने किन रड्डी घाऊ बन्यौ)२

चौतारी मै हो तिमीलाई हात काटी रङ्ग्याएको
त्यही सिउदो पखालेर खै कस्को साउ बन्यौ
(जताततै डुल्छ्यौ अरे कुल्चिमिल्ची हुन्छ्यौ अरे
अस्तित्व नै दाउमा राखी किन सबको पाउ पर्यौ)२

तर आज संयोगले तिम्रो छेउ आउन खोज्दा
सर्किएर आज मेरो दुई पैसाको भाउ गर्यौ
(दुनियाँलाई जित्छु भन्थ्यौ एकदिन अवश्य नै
जिन्दगीमा सधैं हार्यौ सकुनीको दाउमा पर्यौ)२

निरोगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *