लाग्छ तिम्रो मायामा फसेको छु म
हेर भित्र मनमा पसेको छु म
जीवनको यो मोडमा आज आई
तिमीलाई नै पर्खेर बसेको छु म
उतार्न तिमीले मात्रै सक्छौ अब
मायाको खाडलमा खसेको छु म
कस्ले के भन्छ मलाई थाहा छैन
प्रेमकै गहिराइमा धसेको छु म
सुरेश बिडारी विवश
चित्लाङ्ग – २ मकवानपुर
