कोदो फल्ने बारी पनि बाँझै बस्यो अरे
बाउ आमाले बनाको घर, छानै खस्यो अरे
रक्सी खाई लर्खरिदा बाउले खुट्टा भाँचे
हात मुख जोड्न पनि कठिन भयो गाँठे !
आमा बाउको एक्लो छोरो, देख्नै नपाई मर्लान्
सबको दिन एस्तै होला, खै ! कस्ले के गर्लान्
सम्झि ल्याउँदा दुख लाग्छ, आफ्नै देशको माटो
आफैँ आफैँ भात्काउछन् , आफु हिड्ने बाटो
जता हेर्यो अन्धकार, सधैँ हल्लै हल्ला
भत्काउनेले माल कमाए, बनाउने चैं वाल्ल
सम्झी ल्याउदा दुख लाग्छ, आफ्नै गाउँ घर
कमाई धमाइ केहि छैन, जाऊभने घर
आफ्ना जति नाता गोता, शहरतिर पसे
गरिब दुखि जनता चैं, गाउँ घर मै बसे
नजाउं भने बुढा भाका, बाउ आमाको आँसु
एक्लै बसि बिदेशमा, खै ! कसरी हाँसु ?
