Skip to content

शहरतिर भागौं


रुँदा रुँदा सुकीसके, यी आँखाका पानी
अझै पानी तर्की हिड्ने, कस्तो तिम्रो बाँनी ?
अस्ती सम्म चन्चले थ्यौ, तिमी सानी सानी
अब भने ठुली भैछ्यौ, भैछ्यौ कति ज्ञानी

तिम्रा बाले थाहापाए, भाँचिदेलान् खुट्टा
सोधे भने सधैंभरि, बोल्नु पर्छ झुट्टा
आज भोली एस्तै हुन्छ, जवानीको चाला
लुकिछिपी हिड्ने गर्नु, नत्र इज्जत जाला

क्याम्पस पढ्न जान्छु भन्दै, रेष्टुरेन्टमा आउनु
डेटिंग सेटिंग चल्दै गर्छ, दोहोरीमा धाउनु
साथीभाइमा चर्चा चले, चुपचाप बस्नु
बा आमाको अघिल्तिर, धेरै चिप्लो घस्नु

एकान्तमा लुकिछिपी, कति बस्नु हामी
गाढा बस्यो मायाँ पिर्ती, भन्ने जानीजानी
खप्न सके बिहेगर्नु , पर्छ हामी आघौं
नत्रभने एसैपाली, शहर तिर भागौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *