भुलूँ-भुलूँ लाग्यो मलाई सपनीमा
मिठो लाग्दैन बिपनी
रोजूँ-रोजूँ लाग्यो मलाई अँधेरी नै
मिठो लाग्दैन उजेली
रात-दिन आँखा मेरो भिजिदिन्छ त्यसै त्यसै
पिरतीको भाखा मिठो सम्झिहिड्थें सधैं सधैं
तर रहेछ नि राजै मुटु बिझाउने
दुनियाँ हसाउने हो पल-पल मनै जलाउने
कसरी भन्नु मैले जीवन हो घामपानी
बित्नेलाई बितिदिन्छ एकोहोरो जिन्दगानी
कसैलाई हाँसो धेरै कसैलाई आँसु धेरै
एकनास छैन हो सम्झे अनौठो कहानी
शब्द, संगीत – बिक्रम गुरुङ्
स्वर – अरुण थापा
