तिमी फेरि आयौ
आज पनि म बिगत जस्तै छु
आधा भोकै, आधा नाङ्गै
म यसपाला पनि तिम्रो स्वागत गर्न सक्दिन
जे भए पनि तिमी आइसक्यौ
तर मलाई नछोएरै जाऊ
यो नै मेरा लागि कति धेरै भैसक्यो
अरु थप नथोपरेर जाऊ
यसपाली पनि
नानी र बाबुहरूको नाना फेर्न सकिएन
उनका हजार रहरहरू अझै जिउँदै थिए होलान
उनीहरूका आमाको जरुरी टालो पनि फेर्न सकिएन
आफैं हिडने बाटोका खाल्टा पुर्न सकिएन
यहा लुगा च्यातेर लगाउनेहरूका लागि
तिमी बारमबार अवसर बनेर आयौ
नच्यातिएका लुगा लगाउने रहर पूरा नहुदै
फेरि पनि घाँटीमा झुण्डीने तरबार बनेर आयौ
तिम्रो भव्य स्वगतका लागि
अवस्था हाम्रो फेरिनै पर्ने छ
हामी कोही रहुला या नरहुला
तयारी पुरा गर्ने पर्ने छ
यस पाली यस्तै भयो
मलाई नछोएरै जाऊ
हामी लड्खडाउादै खडा छौ
नलडाएरै जाऊ ।
