परेलीको भाषा मैले बुझ्नै सकिन
तिम्रो मनको मन्दिरमा बस्नै सकिन
मेरो आफ्नै मजबूरी छ भन्नै सकिन
तिमी किन मरी मेट्यौ जान्नै सकिन
म चाहिँ भने एकान्तमा बस्न चाहान्छु
त्यो एकान्त नकिथोल भन्न चाहान्छु
भन्न मन लाग्छ तर भन्नै सक्दिन
तिम्रो छेउमा आए पछी बोल्नै सक्दिन
कसैसँग आज सम्म माया लाइन
परेलीको भाषा तिम्रो बुझ्न चाहिँन
नआइदेऊ मेरो पछि मत मान्दिन
एकान्तमा बस्न बाहेक अरु जान्दिन
२०६९।६।६
