Skip to content

फूललाई सोधेँ कहाँ गयो

  • by


फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

वनलाई सोधेँ कहाँ भाग्यो बादल
सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो
मेरो तन रुझाएर पानीले बैमानीले
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा
समाएर उसले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो उमेर गयो खोजि हिँड्नुपर्दा
भेट्छु होला निष्ठुरीलाई त्यो घुम्तिनिर भनी
खोजी हिँड्छ अभागी त्यो बतासले पनि
कठै बरा कसलाई होला बुझ्नै सकिन मैले
वित्यो युग यहाँ पर्खेको अझ छैन फर्केको
फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

शब्द – नरदेन रुम्वा
स्वर – अरुणा लामा
संगीत – कर्म योञ्जन

अरुणालामाका स्वर
पुराना गीतहरु भाग -१

Leave a Reply

Your email address will not be published. Required fields are marked *