Skip to content

तिमी त ठीक रहिछौ
हो प्रिय तिमी त ठीक रहिछौ
गलत त म पो रहेछु त
तिम्रो सुन्दर जवानि,
बसन्त का नुतन पालुवा झैं कलिलो यौवन्
मेरो सोच्ने शक्ती क्षिण भएछ्
आफ्नो औकत भुलेर्
तिमीलाई यो चोथाले थुतुनोले
माया को भिख माग्न पुगेछु
माफ गर प्रिय मलाई कलान्तर मा मात्र
ज्ञात भयो
गलत त म पो रहेछु त
तिमी त ठीक रहेछौ
+++++++++++++++++
कहाँको कार्,कहाँ को अनकन्टार्
कहाँको महल कहाँ को झुपडि
पक्कै तिमीले सोचेरै पाइला चलायौ होला
म तिमी लाई कुनै भौतिक शुख दिन सक्दैन थें
यो पैसे हरु को जमाना हो
मा जस्ता कङ्गाल हरु कहिले जन्मन्छन्
कहिले मरछन इतिहाश मा लेखा जोखा रहदैन
मेरो प्रेम प्रस्ताव लाई ठाडै अस्विकार गर्नु तिम्रो
बड्प्पन हो
मलाई माफ गर
कालान्तर मा मात्र मलाई ज्ञात भयो
गलत त म पो रहेछु त
तिमी त ठीक रहेछौ
————————

तोयनाथ पौडेल
शखुवासभा तमफोक -८
हाल मरुभुमी को छाती बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *