Skip to content

‘दोभान’ महाकाव्यमा प्रकृति-चित्रण

  • by


भरतराज पन्त शास्त्रीय छन्दका सिद्धहस्त कवि हुन् । उनले वाणिर्क वृत्तमा आधारित दर्जनौ सुन्दर काव्यकृति नेपाली रसिक पाठक समाजलाई दिएका छन् । अनुवाददेखि लिएर मौलिक, फुटकरदेखि लिएर काव्य-महाकाव्यसम्मका रमणीय रचनाले नेपाली काव्य-जगत्लाई साधु-अवदान दिने कवि पन्तको रचना-कौशलले आˆनो दीर्घयात्रा तय गरेको छ । जूनकीरीदेखि नमस्कारसम्म, दिनेशदेखि शैलपुत्रीसम्म, तपस्विनीदेखि सौन्दर्यलहरीसम्म र मेरो रमुदेखि दोभानसम्म सर्वत्र कवि पन्तको एकनासको काव्यगरिमा दृष्टिगोचर हुन्छ । यो यात्राबाट प्रसादगुणशालिनी, विविधसवाहिनी काव्यप्रतिको मनोहारी छटाको अवलोकन गर्न सकिन्छ । यी अनेक रचनामध्ये साहित्यका मूल्य-मान्यतालाई शिरोपर गर्दै आˆनै विषमतापूर्ण जीवनलाई घुमी-घुमाई कवितामय सुन्दर जीवनमा रूपान्तर गर्ने कवि भरतराजको महाकाव्य ‘दोभान’ निश्चय नै नेपाली साहित्यमा एउटा नयाा प्रयोग हो । आˆनो विगतका परिघटनालाई काव्यवाणी दिने नयाा शैली साथै यो महाकाव्यमा धेरै परम्परागत महाकाव्यिक विशेषता छन् । यो परिष्कारवादी-स्वच्छन्दतावादी-अलङ्कारपूर्ण महाकाव्य हो । समाजलाई विगत र वर्तमानका अनेक कोणबाट यसले हेरेको छ । पौरस्त्य दर्शन र पद्धतिले अनुप्राणित कविले यसमा आˆना परिपक्व शास्त्रीय अनुभूति पस्केका छन् । सबै विषयको अध्ययन यहाा सम्भव छैन । प्रस्तुत टिप्पणीकार यहाा रहेको प्रकृति वर्णनको प्रयोगको सङ्क्षिप्त चर्चा गर्न चाहन्छ ।

दोभान प्रज्ञाप्रतिष्ठानबाट २०४१ सालमा प्रथम प्रकाशित तथा साझा प्रकाशनबाट २०६३ सालमा पुनः प्रकाशित केही संशोधित एक्काइस सर्ग भएको वणिर्त छन्दोबद्ध महाकाव्य हो । यसमा भरतराजको प्रकृतिचित्रण प्रायः कविशिरोमणि लेखनाथको लालित्य वा ऋतुविचारको शैलीको छ- वण्र्यविषयलाई अलङ्कारमय विचारले पूर्ण गर्ने । त्यसो त यिनले आफूलाई कविशिरोमणिकै अनुयायी मान्दछन् । स्वच्छन्दतावादलाई समेत छुन पुग्दा भने कवि कतैकतै देवकोटाका शिष्य प्रतीत हुन पुग्छन् । जे होस् भरतराजले यिनै प्रवृत्तिको बीचबाट आˆनो अलग पहिचान बनाएका छन् ।

यिनका अरू काव्य खास गरेर शैलपुत्रीमा प्रकृतिको सम्यक् विचार-चिन्तन छ । ठूला साधकहरू काव्यमा तदनुकूलको प्रकृति -उद्दीपन विभाव)द्वारा तद्नुसारको भाव परिपाक गर्न सधैा दत्तचित्त रहन्छन् । प्रकृतिले मानवीय दुर्बलता वा सबलतामात्र होइन, वर्तमान -तत्कालीन) घटनालाई पनि उत्तेजित र सार्थक बनाएको हुनुपर्छ भन्ने उनको धारणा यहाा दृष्टिगोचर हुन्छ । यस विषयमा उनी लेखनाथझैा पूर्वीय साहित्यकारहरूको धारणाका अनुगामी हुन् । प्रकृति वर्णनमा यिनी कत्तिको सफल छन् त ?

दोभानमा प्रकृतिका झााकीहरू यत्रतत्र छन् । अनावश्यकरूपले त्यसलाई लम्बाइएको छैन । महाकाव्यमा मानवीय चरित्रगत विशेषताहरू- आन्तरिक प्रकृति त्यत्तिकै जीवन्त गराउने चेष्टा हुनुपर्छ । किनभने बाहृय प्रकृतिका चेष्टाहरूले मात्र त काव्य कठपुतलीजस्तै नक्कली र चित्रकाव्य बन्न जान्छ । यस्तो कुरामा भरतराज पन्त कति सचेत छन् ? अर्थात् दोभानमा बाहिरी र भित्री

-स्वभाव) प्रकृति कसरी मिलाइएको छ, त्यो हेरौा । जस्तो महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तलको एक ठाउाको प्रकृतिविचार यस्तो छ । छोरी

-शकुन्तला)लाई घर पठाउने बेलाको दृश्य आमा मेनकाले माथि स्वर्गबाट हेर्दछिन् । त्यहाा सबै परिवेश सुन्दर छ तर एउटा कुइराको चोइटो देखापर्छ । सायद त्यस्तै दृश्यलाई नाटकमा पताकास्थानक भनिन्छ । त्यो दृश्य उनको मनको शङ्का हो । शकुन्तलाको संशय हो-स्वयं महाकविको शकुन्तला विरहिणी हुन सक्ने भावी अनिष्टको सन्देश-तन्तु हो-

के अलच्छिन यहाा हुन आयो ?

के भविष्य उनको बदलिन्छ ?

कति राम्रो सबैको मनको भावनाको एकै दृश्य । यस्तो वर्णनमा देवकोटा खप्पिस छन् ।

प्रायः लेखनाथ-मार्गमा हिाड्ने भरतराजले दोभानमा अघि बढ्दै जाादा देवकोटाको मार्गमा आएको जस्तै मानवीय प्रकृति र बाहृय प्रकृतिको चर्चामा संलग्न भएका छन्- जस्तो सर्ग तीनको भूकम्पको प्रसङ्ग । आˆनो अतीतका स्मरणीय घटनाको चित्रण गर्दै जाादा कवि उन्नाइस सय नब्बे सालको ऐतिहासिक भूकम्पमा दौडेका छन् । यस प्रसङ्गमा आएको भूकम्पका पूर्वाभासको प्रकृति पताकास्थानक ?) वर्णन उल्लेखनीय छ । भूकम्प आउनुभन्दा अघि जनमानसमा एक किसिमको त्रासको जगजगी थियो । के हुन्छ के हुन्छ भन्ने भावना थियो । वरपर वा राजारङ्क सबैमा स्तब्धता छाएको थियो । यहाा प्रसङ्ग त्यसैको छ । उदाहरणार्थ चरा आएर मायालाग्दो स्वरमा कराएका छन्, मानौ तिनलाई बोहोरी या बाजले कतैबाट चुनौती दिएको छ ।

केही खाना खान मागे भनेर

आफैाले नै धान ल्याई छरेर

हेर्दै यस्तोभन्नु हुन्थ्यो पिताजी

टिप्दैनन् खै ?

छन् परेवा विराजी ।१५।

त्यसैले उनको दोभानमा प्रकृति चित्रणले उनको कल्पना क्षमता -प्रतिभा क्षमता) र वैचारिक ऊर्जाको सन्तुलनमा पर्याप्त ध्यान दिइएको छ भन्ने महसुस गरिन्छ । यस्तै जागरण-प्रसङ्गमा नेपालको झााकीको अव्यक्त रूपमा वर्णन छ । चुचुरा, चहुर, सरिता वन वाग, छहरा, पहरा आदिको वर्णन रमणीय छ तर यहाा पनि नेपालको शोषणको वर्णन र अनेक सुन्दर प्रकृतिको वर्णन पनि मिलेर आएका छन् । बीचबीचमा आउने विषय परिस्थितिका वर्णनलाई पनि कविले सहज ढङ्गले पार लगाएका छन् । कतैकतै वाच्यविधान बढी देखिएर प्रकृति वर्णन किञ्चित् फिक्का भएको हो कि भन्ने भान पर्छ तर पनि सचेतताले वण्र्य विषय गम्भीरतातिरै जान्छ । विक्षिप्त तपसीको छवटै ऋतुको वर्णन पनि हठात् हेर्दा त्यसै आएजस्तो छ तर बुझ्दै जाादा कविका विषम अवस्थाका यी झलक हुन् कि भनी तात्पर्य सम्झनुपर्छ । कला कलाका लागि कि जीवनका लागि भन्ने प्रश्न पनि सायद यहीा जोडिन्छ र कला र जीवनको अभिन्नता झल्किन्छ ।

कविको प्रकृतिको चित्रण धेरै ठाउामा अत्यन्त अझ मनोहारी र व्यवस्थित छ, मानौा यहाा जीवन र जगत्को काल्पनिक र यथार्थ नैसर्गिक झााकीको मनोरम संगम छ ।

सातौा अभिशाप सर्गमा कविको हृदय आनन्दबाट एकाएक अभिशप्त हुन पुगेको छ । बिहाको लगत्तैपछि सुहागरात हुनुपर्ने बेलामा कविका पिताजीको असामयिक निधन हुन गएको छ । हर्षको सन्दर्भमा एकाएक शोक प्रसङ्ग उभ्भिने सन्त्रासले कविको मनस्थिति अशान्त छ । उनी त्यसैले बाहृय परिवेशलाई विपरीत देख्छन् । मानौ त्यहाा कुनै सौन्दर्य छैन-

भयौ आज मिश्री यसै फड्किरी झैा

भए इन्दु साना कठै Û जूनकीरी झैा

कथा झैा भयो हर्ष उल्लास चाड

सबैतर्फ देखिन्छ कालो पहाड ।४२।

नजिस्क्याउ ए ताराका Û पिल्पिलाई

तिमी हेर्दछौ चन्द्रमा Û के मलाई

चिसो भै उसै घोच्दछन् ए बतास Û

भएको छ यो चित्त मेरो हताश ।५४।

इत्यादिमा आएको प्रकृति विपर्ययको वर्णन सिलसिला कति मार्मिक छ, भनिरहनुपर्दैन । कवि प्रकृति त्यस्तै राख्ने र बिम्बका लागि सङ्ग्रह गर्ने मनोरञ्जनको वस्तु मान्दैनन् । उनी प्रकृतिमा मात्रै रम्ने कवि होइनन् उनको धार्मिक, आध्यात्मिक अभ्यासले उनलाई प्रकृतिका चेष्टाहरू मनोरम मात्रै लाग्दैनन् ती मिथ्या पनि लाग्छन् । हामी फर्केर पााचााै सर्ग वैधव्यमा जाऔा कवि प्रकृतिका सिन्दूर छर्ने प्रसङ्ग मात्रै होइन सिन्दूर हर्ने प्रसङ्ग पनि कोट्याउाछन् ।

सिन्दूर छर्दै पहिल्यै उदाउने

सिन्दूर हर्दै अहिले हराउने

फिजाइ झााक्रो तमको कठैवरी Û

उता हिमानी पनि शोकमा परी ।३।

हिमानी आˆनै दिदी बनेकी छ । कविकी दिदी विधवा छिन्, शोकाकुल छिन् । त्यसैले आखिर उनको अन्तर्मन भगवद्ध्यानमा तल्लीन हुन्छ । शिव मानसपूजामा -रत्नैः कल्पित- आदिमा जस्तै उनी उनको प्रकृतिमा समाहित हुन्छिन् । अनि मानौ हिमानी शोकमा पर्छे । दिदी स्तुति पाठमा लागिरहन्छिन् । प्रभो निराकार स्वरूप एक छ आदि । बाहृय प्रकृति मिथ्याजस्तै हुन्छ कविका अथवा दिदीका लागि । त्यसैले दिदीको अन्तः प्रकृतिले बाहृय प्रकृतिलाई-शोक परिवेशलाई छोड्दैन । बरु त्यो शान्त रसतिर कि निर्वेदतिर प्रवाहित हुन्छ ।

यता सर्ग बीसमा कविभित्रको कथाकी बहिनी आउनुभन्दा अगाडिको वर्णन कति मनोरम छ मानौ रहस्य र प्रत्यक्षका मनोरम अनुभूतिहरू एकाकार छन् । ती कविका कल्पनामय स्वप्नका छविछटा मात्र हुन् । कविका भावनामा मात्रै ती दृष्टिगोचर भएका छन् । यो स्वप्न अति राम्रो प्रतीक छ । उनी यति राम्रो प्रकृतिलाई स्वप्न मान्छन् । अनि नारीको त्यो सुकोमल बैासलाई स्वप्नजस्तै मिथ्या मान्छन् । कविले वर्तमानमा अतीतको मनोरम स्वप्नकथाकी रमणीपछि बुढिया भएर झिङ्गा भन्काएको देखाएर प्रकृति र जीवनको ऐक्य वर्णन बडो सहज रीतिले गरेका छन्-

… समस्त लुगा थिए सब अङ्गमा खटिरा थिए

कति भन्न भन्न झिागाहरू पनि झुम्मिादा उसमा थिए

म अभागिनीकन लौ दया गरिबक्सियोस् यति वाक्यको

दयनीय आर्तपुकार झन् परसम्म नै पनि पुग्दथ्यो । ८३।

यसैले दोभानको प्रकृति आˆनो स्वभावमा मस्त छ । प्रथम सर्ग अभ्युत्थानमा सूर्योदयको मनमोहक माङ्गलिक वर्णन-

अब उठे उनी शारदे Û भनी

अति भयो उठ्या सुप्त लेखनी

अखिल अल्पियो रात्रि-कालिमा

अघि सर्‍यो अहो ! पूर्व लालिमा ।१।

बाट सुरु भएर यो प्रवृत्ति उन्मुख पनि छ र एक्काइसौा हिमालय सर्ग अन्तिम श्लोकमा परम्पद मोक्षको कामनाको वर्णन-

परमपद मोक्षको कामनाको वर्णन-

असल लिन सकेमा धर्म दोभानमा छ

अवनति ति हट्ने अर्थ दोभानमा छ

अनुभव हुन सक्ने काम दोभानमा छ

अमर पद भनेकै मोक्ष दोभानमा छ ।८७।

बाटो समाप्त भएर निवृत्ति उन्मुख पनि छ । बिम्बले विचित्रको व्यङ्ग्य खडा गर्न कविवर भरतराज पन्त दोभानमा कटिबद्ध देखिन्छन् । माथि केही उदाहरण देखाइयो । चाहे एघारौा साधना सर्गमा होस् अथवा चौधौ वात्सल्य सर्गमा कविको ध्यान जीवनलाई प्रकृतिका चेष्टामा अनुप्राणितझैा देखाउनुमा सार्थक छ । यो महाकाव्य प्रकृतिका जीवन दृश्यबाट भरतराज पन्तको सङ्घर्षमय जीवन्त स्वभावको आाकलन गर्छ र यही नै महìवपूर्ण प्राप्ति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *