झलक्क भयो आँखामा मेरो, अँधेरी रातैमा
उज्यालो पारी किन हो तिमी, बिलायौ बातैमा
छैन कि तिम्रो हँसिलो मुहार, जे जस्तो देख्थेँ म
कमल कुसुम फुलेको भए, हातैले टिप्थें म
आँखाको नानी पवित्र पारी, मिलिक्क हरायौ
छिनमै मेरो मुटुको धड्कन, भुतुक्कै बनायौ
आँखाको पानी झारेर तिमी, नरुनु त्यसरी
परेली तिम्रो नरुझे पनि, मन रोयो बेसरी
तिमी झैं ज्ञानी आँखाकी नानी, म कहाँ देखुँला
चम्केर तिमी मिलिक्कगर्दा कविता लेखुँला
