आखिरमा मैले चोरसित दर्शन सिके । ठूला-ठूला महापण्डितहरू, मीठो खाएर रातापिरा र मोटाघाटा भएका अनि राम्रा लाएर चिटिक्क परेका सभ्य मान्छेहरू कसैले बुझाउन नसकेको दर्शन एउटा अपठित व्यक्तिले बुझाइदियो ।
तिनताक म होटल यलो प्यागोडामा निम्नस्तरको जागिरे थिए । गोविन्द पन्त त्यसै होटेलमा पियन हुनुहुन्थ्यो । पदको नाम पियन नभए पनि मेरो पदीय स्तर पिउनसरह नै थियो । हामी दुईमा फरक के थियो भने म स्नातक तहको विद्यार्थी थिएा, पन्तजीले पढ्नु भएको थिएन । आफूले नपढेकोमा उहाालाई निकै खिन्नता थियो । ‘मैले नपढेपछि अर्काले जेसुकै गरून्’ भन्ने मान्यता भने पटक्कै थिएन उहासाग, बरु मलाई पढ्ने हौसला दिनुहुन्थ्यो । जीवनमा यस्ता सकारात्मक चिन्तन भएका मान्छे बिरलै पाइन्छन् । उहाले मलाई कापी, कलम र पुस्तक जुटाउने काममा निरन्तर आर्थिक लगानीसमेत गरिराख्नु भयो । मेरो निर्धनता अचाक्ली थियो । पहाडमा खान पुग्ने खेतबारी भए तापनि अतिरिक्त कमाइ गरेर पठाइदिने कोही थिएन । निर्धनता त उहाासित पनि उत्तिकै थियो । नत्र किन पियनको जागिर खानुहुन्थ्यो र ? तैपनि उहााको हृदय धनी थियो । म भारी पीडाले थिचिएर होटेल पुगेको दिन उहााले अलग्गै थाहा पाउनुहुन्थ्यो र तत्कालै सहयोगका हात बढाउनु हुन्थ्यो । म दङ्ग पर्थे । कसरी थाहा पाएको होला ! अनुहारले बताउथ्यो होला सायद ! मन पढ्न जान्नेहरूलाई ।
पैसा र पदको तुजुक देखाउनेहरूको आखामा म छुच्चो पनि थिए । मैले पन्तजीलाई नमस्कार गर्थे, तर कतिपय हाकिमहरूलाई गर्दिनथे । ती हाकिमहरूभन्दा उहाको हृदय कता हो कता महान् थियो । एकदुई हाकिम त साह्रै छुचा र मिचाहा साढे थिए । मलाई ‘बाजे’ भन्थे । हुन त तल्लास्तरका थुप्रै जागिरेहरू -यु वर्करहरू वैटरहरू, रूममैडहरू, मालीहरू र सिकर्मीहरू) मध्ये कैयााैले मलाई ‘बाजे’ भन्थे । मलाई रमाइलै लाग्थ्यो । तिनीहरूले उच्चारण गरेको ‘बाजे’ शब्दमा मीठो माया र सहज विश्वास थियो । हाकिम भनाउदो आफूभन्दा जेठो बाहुनले मलाई बाजे भन्नुको अर्थ हेपेको हो कि होइन ? मेरो ब्रहृमले हेपेकै हो भन्ने ठहर्यायो । अति भएपछि मैले सहन सकिन, रिसले आखा देखिन र भनिदिए- ‘मेरो खुट्टामा ढोग गर नाति ।’ मैले स्पष्ट रूपमै महसुस गरेको थिए- तिनीहरूले प्रयोग गरेको ‘बाजे’ शब्दमा एउटा हेला थियो, मानवताको तिरष्कार थियो र दमन गर्ने निकृष्ट नियत थियो । उनीहरू अहाकारको रोगले ग्रस्त थिए । ती मताहा हाकिमबाहेक अरू सबैसाग मेरो राम्रै सम्बन्ध थियो । जे परे पनि दुःखकेा भारी बिसाउने चौतारो पन्त थियो । दिन बित्दै थिए ।
कुन्नि कहाा जान भनेर हो एकदिन पन्तजी र म सागै बाहिर निस्क्यौा । भोटाहिटीमा पुग्दा करिब पचास साठी जना मान्छे भीड लागेर एकै ठाउामा गुरुप्प उभिएको देखियो । खल्बल खल्बल र चर्को आवाज गरेको पनि सुनियो । मैले त्यहाा नभुल्न भनेको थिएा । पन्तजी ‘जाऊा हेरौा के रहेछ’ भनेर भीडमा पसिहाल्नु भो । म उहााकै पछि लागेा । देखियो- एउटा करिब साठी वर्षे बूढो घोसेमुन्टो लगाएर बीचमा उभिएको, अरू सबैले पिट्न भनेर पाखुरा ठड्याइरहेका र धारे हात लगाएर अधिकतम अपशब्दमा गाली गरिरहेका । घटना घट्ने र हामी पुग्ने सागै भएछ । हूलको उत्तेजना देख्दा मरणासन्न हुन्जेल पिटाइ नखाईकन त्यो बूढो त्यहााबाट उम्कन सक्तैन भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो । त्यो उत्तेजनापूर्ण भीडमा बूढालाई लासमा परिवर्तन गर्न पनि बेर लाग्दैनथ्यो । भएछ के भने बूढाले वर्णमालाको किताब चोरेछन् ।
रङ्गेहात पक्रिएको चोर हुनाले दर्शक सबैको हात चिलाइरहेको थियो । पन्तजीले बूढाको शरीरमा बजि्रन आाटेको पहिलो पाखुरालाई च्याप्प समाउनु भयो र उच्च स्वरमा भन्नुभयो- “ए हजूरहरू हो Û यो बूढो हाम्रो कब्जामा छ, भाग्न सक्दैन, एकै जनाले अकर्याएर मार्न पनि सकिन्छ, यत्रो धेरैजनाको बल खर्च गर्नु पर्दैन । आˆनो कब्जामा भएको मान्छेलाई जुनबेला पनि पिट्न सकिने हुनाले परेछ भने पछि पिटौाला, हतारो नगरौा । भकाभक पिट्न थाल्ने हो भने बूढो मरिहाल्छ । चोरीको अपराधभन्दा मृत्युको अपराध लाखौा गुणा ठूलो हो । धेरै कुरा बुझेर काम गर्नुपर्छ । बूढाका पनि चोर्नु पर्ने बाध्यताहरू हुन सक्छन् । घरमा तोते-तोते बोल्ने छोराछोरी हुादा हुन् । ओल्लापल्ला घरका ससाना नानीहरूले किताबका पाना फर्काएर तोते-तोते बोलीमा ‘क’,’ख’ भनेको सुन्दा तिनका छोराछोरीहरूलाई पनि किताबका पाना फर्काएर तोते बोलीमा ‘क’,’ख’ भन्ने रहर लाग्दो हो । अन्त कहाा पोखून् र त्यो रहर ? ती बच्चाहरूले आˆना बाआमासाग पोख्दा हुन् । आˆना प्यारा सन्तानको रहर पूरा गर्न कुन आमाबाबुलाई मन लाग्दैन र ? सहरमा आएपछि पनि छोराछोरीको ‘बा पुस्तक लेऊ है ।’ भन्ने तोतेबोली मनमा घुमिरहृयो हो । साथमा पैसा नहुादो हो । पुस्तक लिएर जान पाए छोराछोरी खुसीले उप|mन्छन् भन्ने सम्झेर बूढाको मन बात्सल्यले अन्धो भयो हो । छोराछोरी सम्झादा संसार बिर्से हुन् । मान्छेको मन नै हो, कस्दाकस्दै पनि कतै फुस्किन सक्छ । एउटा पुस्तक खुस्स खल्तीमा हाल्दैमा के फरक पर्ला त भन्ने ठाने हुन् । र किताब चोरेहुन् । हेर्दाखेरि चोरी पेसा अपनाएर हिाडेजस्ता देखिादैनन् । कसो हो बूढा बा Û” यतिबेरसम्म अवाक् बूढा गहभरि टिलपिल टिलपिल आासु पारेर कााप्दै मुख फोरे-‘माफ पाऊा बाबु मेरो बुद्धिले ….. खायो ।’
पिट्न उचालिएका हातहरू झर्याप्झुरुप्प झरे । चिच्याहट मेटिएर परिवेश मौनतामा झर्यो । पन्तजीलाई कानुनको ‘क’ पनि थाहा थिएन, भन्नुभयो- “बूढाबा त्यो पुस्तक बुझाएर जानूस् ।” बूढा पुस्तक बुझाएर लुरुक्क परेर गए । भीड तितरबितर भयो । पन्तजी र म आˆनै गन्तव्यतिर लाग्यौा ।
तिनै बूढाको घटनाबाट हो मैले दर्शन चिनेको । एउटा दार्शनिक कोणबाट उनी चोर थिए, अर्को कोणबाट उनी जिम्मेवार अभिभावक र मायाममताका सागर थिए । पहिलो दर्शनमा उनी अपराधी थिए । दोस्रो दर्शनमा उनी परिश्रमी तर गरिब गाउाले थिए । पट्पटी फुटेका पैतला, खस्रा थोत्रा मैला कपडा र हत्केलामा उठेका ठेलाहरूमा उनको जिन्दगीका कथाहरू लेखिएका थिए । आजकाल मैले दोस्रो दर्शनले देश हेरेको छु । ती बूढालाई चोरी गर्न बाध्य हुन नपर्ने प्रस्ताव पेस गरेको छु ।

साह्रै मन छुने लेख ।
किशोर
साह्रै मन छुने लेख ।
किशोर अवस्थामा भर्खरै टेक्दा मैले लेखक(मित्रलाल पंज्ञानी)को कबिता पढ्ने मौका पाएको थिए मधुपर्क मै ।
केही अन्श अहिले पनि याद् छ –
“खने खोस्रे दिये पानी उल्टै झन फूल मर्दछ
लक्ष्य तर्फ बढे भन्दा बाटो नै भूल पर्दछ
अती चिप्लो छ यो माटो जहाँ टेकु लडाउछ
ईच्छाको कोपिलालाई बाध्यता ले डढाउछ”
यस्तै यस्तै निराशा बोकेका तर प्रतेक शब्द शब्दमा गहन भाब समेटेका हरफ थिए । जुन मेरो मानसपटलमा शायदै कहिले मेटिनेछ ।
तेती बेला देखी नै म भेट्टाये सम्म उनको लेख पढ्ने गर्छु । मझेरीले मेरो प्रिय लेखकलाई समेटेकोमा हार्दिक अभार ।
आलोक