Skip to content

अनिकालको खट्टे


भुलाएर राखे सधैं अल्मलाई
लखेटेर डाँडो कटाए मलाई
म छु भन्थेँ धेरै, म एक्लो रहेछु
अनिकाल बेला म खट्टे भएछु

लखेट्यो मलाई उठाएर माटो
ठटायो बलैले उचालेर भाटो
म थेँ के र त्यस्तो ? सधैँ हेपिएको ?
मृगै हो कि जस्तो, उँधै खेदिएको

उता जङ्गलीले, यताका बजारे
शहरका धनीले झपारेर खारे
लखेटी मलाई अँझै के त पाए ?
सधैँ को रसिलो निचोरेर खाए

निचोरेर चुस्दा रसिलो छ पानी
लुटेको लुट्यै भो पुरै जिन्दगानी
म भन्थेँ कसैले न पोल्टो भराए
न फाँको कसैको पुगी छाक टारे

लखेटे बलैले उनैले मलाई
दिएको छ तिन्ले न के देशलाई ?
सधैँ आफू मात्रै हसुर्ने रमाई
उही दिन्छ सत्ता नछोड्ने दुहाई

छन्द:- भुजंगप्रयात
गण :- य य य य

Leave a Reply

Your email address will not be published. Required fields are marked *