गजल:
तिम्रो सामु हाँसो बनि हाँस्न सकिन त प्रीया।
माफी देऊ अटुट् माया गाँस्न सकिन त प्रीया।
ब्यबधान तगारो भो तिम्रो प्रतिक्षा मा बस्दा,
दुखीरैको मुटु कतै टाँस्न सकिन त प्रीया।
बलेको त आगो ताप्छन् स्वार्थी धेरै भएपछि
एक झिल्को जिन्दगीयो माँस्न सकिन त प्रीया।
सहेकै थें भाग परेको त्यो चोट जति जम्मै,
जलेको यो मुटुलाई छाँस्न सकिन त प्रीया।
