म त दूरदेखि आएँ तिम्रो नाम बोकेर
सम्बोधन गर्दागर्दै गइगयौ छोडेर
एकैछिन त पर्खिदेऊ केही बात गरिदेऊ
मनका सारा भावनालाई दुखाइ नदेऊ
म त दूरदेखि आएँ तिम्रो प्यार बोकेर
सम्बोधन गर्दागर्दै गइगयौ छोडेर
एउटा सानो ठाउँ देऊ तिम्रो धड्कनभित्र
पूराना ती यादहरुलाई भुलाइ नदेऊ
म त दूरदेखि आएँ तिम्रो याद बोकेर
सम्बोधन गर्दागर्दै गइगयौ छोडेर
शब्द, स्वर, संगीत – दीप श्रेष्ठ
एल्बम – दृष्टि
