बनेनौ चौतारी, वर पिपल झैं सीतल दिने |
कि बन्ने हौ छाँगा ? छरर बिजुली झल्ल बलने ||
कि बस्छौ ती सारा, गरिब जनको भित्र दिलमा ? |
भयौ ऐले आफै अबुझ कसरी मुर्ख छिनमा ?
हिमाली छाँगा झैं अविरल बहे सीतल जल |
गिरी उच्चा धेरै, समिर बहने भै सररर ||
बने द्यौराली झैँ धरति भरको रक्षक तिमी |
कती बन्छौ ऐसी, नबन अबता भक्षक तिमी ||
गिरी उच्चा सेतै झलमल सधैं देखिनु परो |
धराको यात्रा यो, अबिरल सधैं भेटिनु परो ||
तिमी नै हौ ऐले जगत भरको आश्रय दिने |
सधैं आफ्नै हेर्छौ ? फगत अब स्वार्थी कति हुने ?
छहारीले जस्तै सितल दिन सक्ने बन यहाँ |
बनी गाई जर्सी, पियुष रस बाँड्दै हिड यहाँ ||
न सप्रिन्छन् चेला, ? अब गुरु सबै बिग्रिन गए |
बनेकाछन् ऐसी, असल गुरु नै निख्रिन गए ||
समुन्द्रैमा बस्छौ, किन मछलिको दुस्मन बनी ?
सबै बस्तु एकै, समझ मनमा दुष्ट नबनि ||
बने है ती सारा, गरिब जनको नै पृय तिमी |
बनेका छौ कैल्यै, समिर सरिको सीतल तिमी ?
सधैं झर्ने बर्षा, अब त यसरी रोकिन दिए |
कतै पोल्ने तातो, किरण रविको छेकिन दिए ||
सधैं माया गर्ने, गरिब जनमा निश्चय गर |
सबैको सेवा हो, समिर सरि नै सीतल भर ||
छान्द :- शिखरिणी
गण :- य म न स भ ल गु
