सुनेको थिएँ त्यो पुरानो कथन
‘मेरो खाजा मा भाउजु को खटन’
आफ्नै आँगनले सोध्यो मलाई त
को होउ तिमि ? के हो तिम्रो बतन ?
खुलेर हाँस्न पाइँदैन कहिल्यै
कति दिन बस्नु सहेर दमन?
उभिएर खान्छु, बसि निदाँउछु
एस्तै रहेछ अरब को चलन
खबुस को खाना र नुनिलो पानी
एसै गरि बित्यो दुखिया जिबन
तोया नाथ पौडेल
शँखुवा सभा तामाफोक -८
हाल मरुभुमि को छाति बाट
