गहभरि आँसु बोकेको
एकादेशको कथाजस्तो छ दिङ्ला
जहाँ षडानन्द जन्मे
र धेरै षडानन्दहरू जन्माए
शिक्षाको ज्योति बालेर, कालो निशी पार गर्दे
उदाएका एक नक्षत्र, जो हुन् षडानन्द
जहाँ एउटा अबषेश मात्र जीवित छ
छ यहाँ, एउटा किम्बदन्ती; मात्र किम्बदन्ती
एउटा इतिहास मेटिन सक्ला
तर मेटिन्दैन कथा षडानन्दको
मौन; छ इतिहास
मान्छेहरू नानाथरी बक्छन्
तर पनि बोल्दैन इतिहास
चुपचाप ! चुपचाप !! छ इतिहास
इतिहासले मान्छे बनाएछ
तर मान्छेले इतिहास बनाउँन चाहेन
बिचरा ! बालागुरु !!
सधै टुल्ल टुल्ल ; दृष्टि सुन्य
आँखा हेरिरहे पनि, नदेख्ने षडानन्द
जहाँ मान्छे बोल्दैन, त्यहाँ बोल्नुपर्छ इतिहास
जहाँ कथा मात्र छ, षडानन्दको
मान छैन ; नत मर्यादा नै
एकादेशको कथा, … मात्र कथा
सन्नेलाई सुनकोमाला; … मात्र अधुरो कथा
के नभए जस्तो, के नपुगे जस्तो ?
कसलाई सोध्ने ? के यो वास्तबिकता हो ?
आँसुले भिजेको धुलौटो पुछ्दै, षडानन्द क ख ग अनि
शान्ति ! शान्ति !! अनि शान्ति !!!
२०६२ | ८ | १५ दिङ्ला, भोजपुर
