१)
म बस्ने मुटु माझमा अरु अटाउदा
सिरानी भिज्यो रातमा आँसु खसाउदा
तिम्रो मन्लाई कति शान्ति मिल्छ हैन ?
पीडा हुने हर्कत गरी मलाई सताउदा
२)
स्वार्थी छन सबै यहाँ दिल तोडेर धन रोज्छन
किन रमाउन झुपडीमा ठुला ठुला महल खोज्छन
सङै जिउने सङै मर्ने बाचा कसम खाए पनि
केही यात्रा साथ चली दोबाटोमा एक्लै छोड्छन् ।
