आज डाक्टर चित्रप्रसाद बाग्लेको मृत्युमा अर्घाखाँचीमात्र होइन सम्पुर्ण आम नेपाली स्तब्ध हुनु पर्ने हो । आजकालको जमानामा ग्रामिण भेगमा सेवा गर्न को जान्छ कुनै डाक्टर, कर्मचारी कोइपनि जान मान्दैन्न तर पनि ती महान डाक्टर जो ग्रामिण भेगमा सेवा गर्न छोटो समयमात्र पाए आज उनको ग्रामिण गाउँमा सेवा गर्ने इच्छा अपुरै रहयो किनकि आज उनको एपेन्डीक्स क्यान्सरका कारण देहवसान भयो ।
तर पनि सरकारलाई यस विषयमा कुनै चासो रहेन उनको यथासक्य उपचार खर्च उपल्वध गराउन सकेन सरकारको यो लापरवाहीका कारण डाक्टर बन्न सपना बोकेर हिडेका जुझारु युवायुवतीहरूमा पक्कै पनि सकारात्म छाप परेन करोडौ खर्च गरेर पार्टी आयोजना गर्ने सरकारको मस्तिस्कमा यो कुरा किन नपसेको कि एउट डाक्टरको कमीले देशलाई कति अपुरणीय क्षति पुग्दछ विश्वको परिपेक्षमा ५० विरामीका लागि १ डाक्टर उपलव्ध हुन्छन तर नेपालको परिपेक्षमा प्रति हजारमा १ डाक्टर मात्र सरकारले १ करोड मात्र उपलव्ध गराइदिएको भए तिनको जीवन बाच्ने थियो र उनको जीवन बाँच्दा १ करोड मात्र होइन देशलाई अर्वै फाइदा हुने थियो
यो प्रश्न डाक्टर बन्ने सपना बोकेका आम विद्यार्थीहरूलाई हो के तपाईंहरू यो लेख पढेर अँझै पनि डाक्टर बन्ने सपना देख्नुहुन्छ ? मलाई लाग्दैन कि तपाईंहरू यस्तो सपना देख्नु हून्छ किनकि तपाईंहरू यस्तो मृत्यु चाहानु हुन्न
अन्तत्यमा सरकारको यस विषयमा ध्यानार्कषण हुनु पर्छ । यस विषयमा सरकारमात्र होइन हामी आम नेपाली सर्वसाधारण, राजनैतिक दल र नागरिक समाज सबैको ध्यान केन्द्रित हुन पर्दछ । एउट डाक्टरको कमीले हजारौको ज्यान जोखिममा पर्दछ । नेपालवाट डाक्टरी पढन धेरै विद्याथी विदेश जान्छन तर तिनीहरू मध्ये करिव ५० जनामात्र नेपाल र्फकन्छन त्यस्को प्रमुख कारण सरकारी उदासिन्ता हो । यदि सरकारले यस्तो विषयमा चासो व्यक्त गर्ने हो भने सबै नेपालमा सेवा गर्न र्फकन्छन । यो डाक्टरी क्षेत्रको मात्र होइन सबै क्षेत्रको साझा समस्या हो । यो विषयमा सरकारी ध्यान केन्द्रित होस यो नै म लगायत सम्पुर्ण नेपालीको चाहाना हो
नवराज शर्मा ‘नमिन’
सुरुङ्गा–५ झापा
