कविता
“उमेरले नेटो काट्यो ”
उमेरले नेटो काट्यो पाक्न थाले केश
घर आँगन हुने भयो भोलि परदेश |
छोरा-छोरी लाखा-पाखा आफ्ना-आफ्नै धन्दा
पानी दिने हुन्नन् भोलि हुँदा आँखा बन्द ||
उमेर छँदा भविष्यको गरिएन चिन्ता
बल बर्कत बैंश थियो लाग्थ्यो यस्तै पुग्छ |
बृद्ध रोगी असक्तलाई वास्तै गरिएन
आफ्नैं माता-पितालाई खुशी छरिएन ||
न त सुनियो श्रीमतीको ध्यान दिई कुरा
कहाँ भैयो र छोई सक्नु भैयो लाग्ने छुरा |
न सघाइयो काम-धन्दा न बाँडियो माया
डराउँथे छोरा-छोरी पर्दा आफ्नो छाया ||
समाजमा एकलकांटेअसामाजिक भैयो
नकसैको मलामी नैं न त जन्ती गैयो |
जागिरे भै ठूलो धाक लाईयो उति बेला
पश्चातापले गलाउँदैछ मलाई यति बेला ||
बेला छँदै बिचार गरौँ ब्यबहारिक बनौँ
प्रेमभावले सबैसंग मीठो बोली बोलौँ |
छरछिमेक ऐचोपैचो सारो-गारो टारौं
आँफू हिड्ने बाटोलाई फराकिलो पारौँ||
भोलि आउने बुढेसकाल आजै देखि सोचौँ
बुढेसकालमा ढुख टार्न सुख आजै रोपौँ|
हिँड्नु हुन्न बांगोटिंगो हिडौ सिघा बाटो
दुखनु हुन्न आँफू पनि नदुखाऊँ माटो ||

comment
बडा सान्दर्भिक लाग्यो कविता ।