Skip to content

चित्त दुख्ने कुरा ग¥छौ

चित्त दुख्ने कुरा ग¥छौ चित्त दुख्यो त के भयो
पित्त फुट्ने कुरा ग¥छौ पित्त फुट्यो त के भयो
मैले आ गर्दा तिमी अलंकारै बुझिदिन्छौ
मुटु जल्ने कुरा ग¥छौ मुटु जल्यो त के भयो

नजिक आउने कुरा गर्दा टाडा जा भनि बुझ्दछयौ
माया लाउने कुरा गर्दा बिर्सी जा भनि बुझ्दछयौ
बुझ्दैनौ तिमीले मलाई जति कोसिस गरे पनि
रुवाउने कुरा ग¥छौ आशु झ¥यो त के भयो

म त तिमीलाई चाहने मान्छे चाहना असिमित छन्
चाहन्न तिमीलाई भन्छौ नरोएर म के गरौ
थाहा छैन कैले बुझ्छौ मलाई अनि मेरो मायालाई
जलाउने कुरा ग¥छौ जले मरे त के भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *