सुन सुन साथिहो म केहि भन्छु
महाकवि देवकोटाको सवाइ कहन्छु
उन्नाइस् सय छैसट्ठी साल कात्तिकको मैना
तिहारको लक्ष्मी पूजा कवि जी को जन्म
नाम पनि लक्ष्मी प्रसाद राखे आमा बाले
अक्षर चिन्दैदेखि उनी कवि बन्न थाले
दश वर्ष उमेरमा स्कूल गएकाथे
स्कूलमा पुगेकै दिन कविता सुनाए
बाठा थिए सबैसित छिटै घुलमिल बन्ने
कविताको माध्यम् भयो सबैलाई चिन्ने
उन्नाइस एकासीमा बिहे तिन्को गर्दा
पन्ध्र वर्ष टेकेकाथे लगन् गाँठो कस्ता
परीक्षा चै एस् एल् सीको बयासीमा दिए
आइ एस्सीको प्रमाण पत्र पचासीमा लिए
छयासी साल् अन्ततिर बिए पास गर्दा
बि एल् सम्म पुरा गरे नब्बे साल लाग्दा
पागल भने त्रीनब्बेमा धेरै पढ्दा खेरी
राँची सम्म पुर्याएर ल्याउनु पर्यो फेरी
उन्नाइसै छ्यानब्बेमा “मुनामदन” लेख्दा
खुसि भए सबै त्यहाँ त्यस्तो किताब पढ्दा
अन्ठानब्बे सालतिर अर्को पुस्तक् आयो
“प्रशिद्ध प्रबन्धको संग्रह” त्यो थियो
दुई हजार दुई साल्मा“शाकुन्तल” काब्य
तीनै सालमा छापे अर्को “सुलोचना“ काब्य
पत्रिका त्यो “युगबाणी” चार सालमा आयो
सम्पादन “ईन्द्रेणी” को बार सालमा भयो
जागिर खाए दुई साल्मा भाषा परिषदमा १
तीनै साल्मा मास्टर बने त्रिचन्द्रकलेजमा
दशै दिनमा “सुलोचना” तयार पारेका थे
परिषद सदस्य चैं चारै सालमा भा थे २
राणा सासन् बिरुद्धमा बेलैदेखि लागे
आदेश भयो पक्रउ गर्ने भारत् तिर भागे
वर्ष दुई उतै बित्यो वनारस्मा बसे
माफि पाए छसालमा फेरि नेपाल् पसे
एघार साल् लागे पछि बुद्धिजिबी भन्दै
सल्लाहाकार समितीमा राख्न लगे तान्दै
बार सालमा त्रिबिबिको कमिसनमा पुगे
पन्ध्र सालमा प्रतिस्ठान्को सदस्यमा घुसे
पन्ध्र सालै साउनको गते एघारमा
शिक्षा मन्त्री बन्न पुगे यिनी नेपालमा
आधा मैना बिताइदिए मन्त्री बन्दा खेरी
उन्तीस् गते निस्किहाले मन्त्री पद छोडी
धेरै धेरै कविता र काब्य यिन्ले लेखे
नेपाल र नेपालीको कथा ब्यथा देखे
यस्तै थियो महाँकवि देवकोटाको चाल
यस्तै मैले सुने जाने कहें सबै हाल
पचास वर्ष उमेरैमा महाँकवि बिते
मृत्यु भयो सोर सालमा सबैलाई जिते
१.नेपाली भाषनुबाद परिषद
२.नेपाली साहित्य परिषद
मझेरीमा पहिलो पटक प्रकाशित – 2013-12-10 00:43:02 +0900

टिप्पणी
टीका मिलनजी सवाइमा केही कुराहरु देवकोटाबारेका उल्टपाल्टी परेका छन् है । विचार गरेर सच्याउनु होला ।
होम जी, सुझाबको लागि मुरी
होम जी, सुझाबको लागि मुरी मुरी धन्यवाद दिन चाहान्छु । हजुर ! मेरा जानकारीमा भएका कुराहरू यस्तै हुन् । कतै कुनै कुरा मैले नै गल्ती बुझेर त्यही उल्लेख गरेको पनि हुन सक्छु । कहाँ नेर त्यस्तो भएको हो उल्लेख गरिदिनु भए म अझै कृतज्ञ हुने थिएँ ।