Skip to content

खै के के गरियो गरियो !!

सुरुमा मलाई सत्कार गरियो
सिधै प्रेमको कारोबार गरियो

नजर जुध्न थाल्यो उन्को र मेरो
यसरी उनीसंग प्यार गरियो

यो प्रेमको बारुद कस्तो रहेछ
ताकेर मुटुभित्रै वार गरियो

सुनेथें मायाँ अनमोल हुन्छ
यहाँ त मायाकै ब्यापार गरियो

बेर्थै बिश्वास गरेछु उसलाई
आखिर मैमाथी प्रहार गरियो

उनले दिएका यादहरु सबै
फिर्ता पठाउने बिचार गरियो

-आशिष दनाई
बेसिसहर लमजुङ
हाल- पोखरा विश्वविध्यालय, लेखनाथ-१२, कास्की
२०७०-०८-२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *