Skip to content


झल्केका कसरी अहो ! महल ती स्वर्णै सरि पोखरा
हेर्दा अन्त कतै छ यो मुलुकमा ? यस्तो सफा सुन्दर,
चम्कन्छन् कसरी मणी मुकुटमा इन्द्रादि द्यौताकन
त्यस्तै नै उपरी सधैँ झलकिने हिम्शैलको यो धन ।।१।।

हेर्दा झल्मल रातमा पनि उसै छन् चादनी झै गिरी
साँच्चै सुन्दर त्यो सुसोभित सदा ब्यौली बनी सुन्दरी
फेवाको जलमा मुसुक्क गरदै हाँस्ने सुनौली परी
घुम्टो बादलको सधैँ पहिरिने शर्माउदै दिन्भरी ।।२।।

हाम्रो गौरब हो हिमाल चुचुरा हेर्दा उचाशिर् हुने
कस्तो सुन्दर यो बिशाल धरती भित्रै गुफा यी बने
ती निर्मल् झरना छिरेर पृथिबी भित्रै बने कन्दरा
त्यस्कै मास्तिर छन् कयौं भवनका, अग्ला बनेका तला ।।३।।

यो भन्दा अरु के अझै छ र कतै ? स्वर्गै सरी सुन्दर
हेर्छौ दृश्य भने त पर्यटक हो यै पोखरामा झर
हेर्दै देशभरी डुलेर मनले राम्रो अझै पोखरा
साँच्चै नै कसरी भनु नयनले देखे अहो सुन्दर ।।४।।

वैरो लाग्दछ यो बिचित्र भुमिमा, लाखौँ पुगेहुन् नर
झल्झल्ती कसरी बसे नजरमा ती पत्थरीला घर
दोषी छौ जननी सबै प्रकृतिकी देबी तिमी चैं यहाँ
पक्षेपात गरी दियौ सकल त्यो भूस्वर्ग राख्यौ त्यहाँ ।।५।।

एकै ठाउँ महाँ थुपारेर गयौ अन्यत्र चैँ बिर्सियौ
फेवा ताल र अन्य क्यै गुफाहरु त्यै ठाउमा सिर्जियौ
फेवा ताल हुँदा मनग्य पुगने, यौटै दिएको भए
यत्रो हाट बजार मन्दिर सबै, मान्छे स्वयम् गर्दथे ।।६।।

सेतीको जलधार अन्यतिरनै राख्दा भने के भयो ?
यी सारा अरु नै कतैतिर लगी बाँड्दा अझै के थियो ?
साँच्चै भन्नु परे यसै भुवनमा कस्ले रचो पोखरा ?
स्वर्गैबाट झरी खुसुक्क कहिले आएछ ? है पोखरा ।।७।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *