Skip to content


अहिले जस्तै लाग्छ
भक्कानो फुटाएर
उनी रोएको
उनको रूवाईलाई रोक्ने
मसँग बिदाइको हात हल्लाउनु बाहेक
अरू केही थिएन

चाहान्थे म
कुम्भकर्ण भै अग्लिएर छेक्न
तर मेरो छेकाईमा
पारदर्शी सिसा बाहेक केही भएन
चमकता होला
कोमलता होला
तर लचकता र तरलता थिएन

केवल बगिरहयो अटुट रूपमा
इन्द्रावती र कावेली बगे जस्तै

न मैले चिने संगम विन्दु
समयले न मलाई
पागल झै पच्छयाइरहे
ऐकोहोरो…….
मेरो पच्छयाईपनमा
एउटा युगले कोल्टे फेरिसकेछ

लाग्छ अब
मेरो लागि न्याँनो कुनै ठाउ नहुन सक्छ
बरू
सडक र गल्लीको
किनारामा पल्टिएर
आकाशको तारा हेर्नु सिवाय अरू केही छैन

हो साँच्चै नै
उनको आँखामा हिउँका
केश्राहरू पलाउने छैनन् होला
अनि
मायामा फूल्ने बीउहरू
संधै झै उम्रने छैनन् होला
आशा-भरोषा-विश्वास
सबै मरिसकेको हुनसक्छ
चितामा जेलर
रहेको बाँकी ठूटो झै
जीउदो अवशेष मात्र होला
जे होस ! उनी – उनी नै हुन र म – म नै हुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *