Skip to content


कविको मिठो कविता जस्तो
नेताको भाषण अनि झुटो आश्वासन जस्तो
हिन्दी फिल्म धेरै हेरेर
आकाशको तारा झारेर ल्याउने कसम जस्तो
जडयाँको रक्सी खाएपछि निस्कने साहित्य जस्तो
छैन मेरो बिचार अनि भावना त्यति सस्तो
तर पोल्ट्री फार्ममा भा’को सबै भालेको कसम
यो भाले-तान डेमा,
बजारमा गएर
दुई धार्नीको कुखुरो किनेर ल्याउछु ल्याउछु,
अनि
खुट्टा देउकी टाउको,
पोलेर देउकी उसिनेर,
झोल बनाउकी सुख्खा,
पिरो बडी हालकी अमिलो,
अनि मिठो होस् कि नमिठो,
उपहार दिदाँ उपहार पाउँ यस्तो.

Leave a Reply

Your email address will not be published. Required fields are marked *