जसरी नेपाल मा नयाँ नयाँ भगावान् हरु भेट भाको बेला बेलामा खबर आइरहन्छ,त्यसैगरी नेपालमा हिजोआज चोरि डँकैती, कुट्पीट, लुट्पीट, मान्छेहरुको लापता – बेपत्ता भाको खबर पनि सधैं जसो आइनैरहन्छ।
धेरै नाम चलेको एक जना माननीय बाजेको भन्नुभो “.. अहिलेको सन्द्र्भमा, अनी देशमा राम्रा दुर्दर्शी नेताहरुको पनि कमी भको सबै जनताहरुलाई महसुस भाईराखेको छ।”
अब राजा त प्रजा भेगये.देश नेताहरुले लुटेर सिध्याइहाले. प्रजाको हाल बेहाल हुनेनै भो। शायद चोर डाँका हरु नेपालमा धेरै बडेकोले गर्दा होला, अब यो देश समाह्ल्न तेत्तिस कोटी देउताहरु को पनि कमी भाको छ । त्यसैले बेला बेलामा नयाँ नयाँ भगवान फेला परेको समाचार सुनिन्छ।”
