पैसा कमाउनेहरू सङ्घर्ष गर्दा गर्दै मर्छन्,
ए पैसा,तिमी… तिमीभन्दा भन्दा भन्दै मर्छन्,
तिनका लागि चिहानहरू प्रतिक्षा गरिरहेका हुन्छन्,
त्यसैले उनीहरू जन्मन्छन्,
उनीहरू मर्छन्,
एउटा बेस्वाद भएर..
तर
मन कमाउनेहरू,
प्रेम पिरती कमाउनेहरू,
उनीहरू मरेर पनि बाचिरहन्छन्
एउटा,
दया कमाउनेहरू अर्काको मन भित्र,
अरु मन भएकाहरू,
अरु भावना भएकाहरू पर्खिरहेका हुन्छन्,
मखमली फुल जस्तै भएका मनहरू,
अनन्तकालसम्म बाचिरहन्छन्, एउटा इतिहास बनेर …..
