Skip to content

दल बनाएर नेता बनाएर


दल बनाएर नेता बनाएर
के पायौं हाम्ले विजेता बनाएर

हेर्नुस कुर्ची खुट्टा खिईएछन
घरि उता घरी यता बनाएर

संविधान उत्पादन हुनेछ अरे
क्रेता भएर विक्रेता बनाएर

राष्ट्रिय झण्डा धारापमा पर्दैछ
काला बनाएर सेता बनाएर

https://www.facebook.com/?q=#/bipin.bc3

Leave a Reply

Your email address will not be published. Required fields are marked *