Skip to content


छाड अब गर्न हुन्न जात अनि भातका कुरा
सफल हुन्न आजै छाड तिम्रो खुरापातका कुरा

अन्याय भो दर्शाउ, जसले सुन्छ पिर मर्का
बहुलाएर के हुन्छ बोल्दा खेरी मातका कुरा

हरियाली छँदा आहा कति राम्रो भने पनि
झरेपछि पतिङ्गर त्यो, गर्न हुन्न पातका कुरा

जिन्दगी छ उपडखापड, हिड्दा ठेस त लागि हाल्छ
सधैँ सहज हुने भए किन आउथ्यो घातका कुरा

राम्रो हुने सोच भए सन्तोषी भई बाँच्न सिक,
क्षणिक राम्रो किन बन्नु गरी कमजोर आँतका कुरा

हल्ला तिमीले सुने जस्तो सत्य कतै हुदैन कि
बुझ अब चपाउने र देखाउने अलग दाँतका कुरा

दिप बहादुर ओली
इनरुवा, सुनसरी

२०७१११६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *