‘मनु’ बमभोला जस्तो लाग्छ मनु ब्राजाकी गजल by kbsDecember 8, 2008 ‘मनु’ बमभोला जस्तो लाग्छ आज केही होला जस्तो लाग्छ फूल आहा ! कत्ति राम्रा काँढा आई छोला जस्तो लाग्छ तुर्तुरे यो अश्रुधारा निकै ठूलो खोला जस्तो लाग्छ मृत्यु आज दुरुस्त नै मनुष्यको चोला जस्तो लाग्छ अनि पो त राम आज रावणसामु रोला जस्तो लाग्छ । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ