Skip to content

तिम्रो पछ्यौरी उडायो हावाले


तिम्रो पछ्यौरी उडायो हावाले
मैले छुन सकिन
त्यै हावा जस्तै बैमानी पनि
म त हुन सकिन

लजाऊ तिमी भुतुक्कै
म हेर्छु तिम्रो लाज
लज्जावती फूल पो हौ कि
छोएर हेर्छु आज
इशाराले डाक न
नजरैमा राख न

मन पर्यो मलाई तिमी
तिम्रा ती आनिबानी
तिमी देऊ तिम्रो एकैपल
म दिन्छु जिन्दगानी
मौनता खोल न
केही त बोल न

शब्द – विपिन किरण
स्वर – उदित नारायण झा
संगीत – महेश खड्का
एल्बम – पछ्यौरी

1 thought on “तिम्रो पछ्यौरी उडायो हावाले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *