Skip to content

बादलपारीको गाँउमा


बादल पारीको गाउँमा एड गरेँ तिम्रो नाउँमा
कन्फर्म गरे है माया ट्वीटर फेसबुकमा

अनलाइन बसेर च्याट गर्दा मुहार तिम्रो देखेँ है
खुशीले झुम्दै यो मुटु भित्र तिम्रो नाम लेखेँ है
बादल पारीको ………
कन्फर्म ………..

नचिनी कनैँ तिमीले फेसबुकमा मोहनी लगायौ
कसैलाई बाड्न नमिल्ने यो दिल् सुटुक्क चोरेर भगायौ
बादल पारीको ………
कन्फर्म ………

स्काईबमा हेराहेर गरौँला मन मिले अघि बढौँला
घरजम गरी मिलेर दुवै गाँसबास यतै जोडौँला

Leave a Reply

Your email address will not be published. Required fields are marked *