आायो तिज बरिलै ।
छैन खुशी हामी चेलीलाई ।
गाउन चेली यो तीजमा सम्विधानको गीत ।
हिमाल पहाड तराईमा लाउँदै माया प्रित।।
भन्देउ अब नेतालाई सम्विधान चाहियो।
तिम्रै कारण वर्षौँदेखि धेरै दुख पाईयो।।
महङ्गीले सगरमाथा होचो हुँदै गाछ।
नेताहरुको घरको छानो निकै अग्लो भाछ।।
अख्तियारलाई तिनका घरको नाप्नु भन छानो ।
गरिबको भाडो भित्र छैन चामल मानो।।
सिटामोल नपाएर गरिब मरिराछ।
रातारात सीमानाको पिल्लर सरिराछ।।
चेलीहरु लुटिदैछन् बाटो घाटो बसमा।
सरकारको आँखामा छ सधैँ कालो चस्मा।।
छसयमा एक थपि पाल्यौँ ठूलो गोठ।
काला फुस्रा थिए पैले ऐले चिल्ला ओठ ।।
लाचार छायाँ बनि घुम्छन् नेता वरिपरि।
यो देशमा सम्विधान बन्ला कसो गरी।।
आउन चेली यो तिजमा एक भई बसौँ
हाम्रो हक खोसे भने सर्प भई डसौँ
देवी दुर्गा महाकाली सबै बन्नु पर्छ
आाबश्यक पर्यो भने चिहान् खन्नु पर्छ
