आजको यो रमाइलो दुनियाँमा
मेरो अतीत नाचिरहेको हुन्छ
अतीत भनेको भूत हो भूत
मलाई भूतले सताउँछ
म तर्सिन्छु , म डराउँछु तै पनि
म भूत सँग पौँठेजोरी खेल्दै
भबिष्यसँग मिसाइदिन्छु
भूत + भबिष्य = ?
म छक्क पर्छु , यसरी त बर्तमान पो….
म बर्तमानको उद्धार गर्न थाल्छु
यत्तिकैमा म झल्याँस्स हुन्छु
सपनाको सन्सार कति रमाइलो छ
त्यहाँ त मेरो एउटा घर थियो
मात्र खण्डहर थियो
तर मलाइृ खाँचो थिएन घरको
मेरो अफ्नै सन्सार थियो
त्यो सन्सार अचम्मको थियो
त्यहाँ एउटा बिसाक्त ज्ञासले भरिएको वायुमण्डल थियो
थिएन एउटै पनि प्राणवायू, त्यहाँ
मात्र बिसाक्त, बिसाक्त
बाँच्नको लागी एउटै मात्र थियो त्यहाँ
मात्र, आफ्नै स्वास प्रस्वास
त्यही थियो बाँच्ने उर्जा
मेरो छातीको धड्कन सङ्गसङ्गै
मेरो प्राण वायू मलाई बँचाइ राख्छ
म आफ्नै परिबेसमा
नैराश्यको डोको बोकेर
जिन्दगीको उकाली ओराली गर्ने मान्छे
स्वाँ……स्वाँ….गर्दै मेरो प्राण वायू
मलाई बाचई रहन्छ
मेरो छातीको धड्कन एक्कासी बढ्न थाल्छ
अनायास मलाई कालले आक्रमण गर्न खोज्छ
म डराउँछु ता पनि
चित्त बुझाउँछु
काल धेरैछन् , तै पनि मसँग
एउटा भूत काल छ
मलाई डर लाग्न थाल्छ
भूत…..भूत….
म च्यिाउन थाल्छु जब
त्यसले झन्झन् सताउन थाल्छ
अन्तमा सम्झौता हुन्छ
सबै कालहरूसँग
आपसमा तिनैकालहरू झगडा गर्न थाल्छन्
एक्कासी म कहालिन थाल्छु
अनि भन्छु गुहार……गुहार…..
सबै अटाउँछन् एकै ठाउँमा
म ढुक्क हुन्छु अनि भन्छु
काल…..काल…..अनिकाल ।
२०३५।१०।१५
