Skip to content

घाट पुगेको लाश


उज्यालो हुन नपाउँदै
पंचायतको गाउँसभा शुरु हून्छ
समबेदनाको बाक्लो कुहिरो भित्र
रुमल्लिएको बेला
बिशाल आकशमा मुक्त हुन चहाने प्राणीहरू
उसैको अन्तहुने आशमा
कालो कालरात्री चिर्नको लागि
भञ्ज्याङमा बसेर गीत गाइरहँदा
चीसो हावाको सिरेटाले
च्वास्स च्वास्स घोच्दै गर्दा
सीतलताको बदलामा कुनै नशालु पदार्थ
शरीरमा घुसे जस्तो
कति सुन्दर वातावरण
फाँटिलो मैदानमा बिचरण गर्दै डाँडा र खोलातिर
स्वतन्त्रताको खोजीमा
हर हर भएर आँत जलेको छ
सिस्नुघारीमा उम्रेका मूल
अघाउँजी पिउने आशमा
वन र जंगल चहार्दै
मुक्तिको बाटो पहिल्याउँदै
रनभुल्ल भएर सुगन्ध खोज्दै खोज्दै हिडेको कस्तुरी
बास्नाको गोहो खोजे झैं
उफ् !
घाटमा पुगेर लमतन्न भएको बेला
उठ्न खोज्छ
बिसर्जन हुनेबेलाको बस्तु
निभ्न आँटेको कुपी
बिदा हुदैछ अब

२०३६।९।१२।
धुपु—४, संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *