
हास्दै थिए हिजो सम्म आज फेरी रुहाई दियौ
गन्तब्बे मा पुग्न नपाई सपना तेसै तुवाई दियौ,
दुनिया को सामु तिम्ले दोसी मलाई बनाएर
झरेको त्यो पतिन्गर झैं जिन्दगियो कुवाई दियौ
छेक्दै थिए परेलिमै अडायरै राख्छु भनि
निर्दोष मेरा नयनबाट आँसु धारा चुवाई दियौ
संन्सार को दु;ख पिडा मेरै भागमा थुपारेर
ए जिन्दगि किन आज लाखौ हन्डर खुवाई दियौ
डिल्ली प्रसाद खराल”घायल “
बिरेंद्रनगर चितवन,
हाल :दुबई यू.ए.इ,
