Skip to content

परदेसिको सन्देश

images (43)

गल्यो जिबन परदेसिको ,धेरै भर न पर्नु प्रिय !
डुबें कतै सागर बीच , तिमिचाही तर्नु प्रिय !!

रहर कहिले पुग्दैन त्यो ,सुनचाँदी केहि हैन !
मन थामेर पैला साहुको ,ऋण कति छ भर्नु प्रिय !!

दुइ छाक जुटाउन ,तिम्ले पनि सोच्नु अब !
बाझै होला पाखोबारी ,फापर मकै छर्नु प्रिय !!

मेरो झैँ यो स्वाभिमान ,नबेचुन ति सन्ततिले !
ढुंगा कुटी खाउन बरु , सारै होस् गर्नु प्रिय !!

एक अर्थ बुझी राख , जीबन सधैं रात भए !
बिहानीमा सुवास छर्ने , पारिजात भै झर्नु प्रिय !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *