Skip to content

आत्मा तिम्रो उस्तै मेरो पनि


आत्मा तिम्रो उस्तै मेरो पनि साचाे थियो
जवानीको रस रङ्ग बैंस अलि काचो थियो

घर छाडेर हिंड्न गाह्रो ब्यस्तताले अल्झाउने
असारको महिना त्यो कामको अलि माचो थियो

अधेरी रात सिम्सिम पानी तिम्लाई भेट्न आउदा म
भोटे ताल्चा ढोकामा त मेरो साथमा साचो थियो

समयको माग अनि प्रकृतिको देन येस्तै
तिमीलाई म मलाई तिमी एक अर्काको खाचो थियो

– उज्वल तारा.
हाल यु.ए.इ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *