Skip to content

मलाई माया गर्छु भन्नेले…

मलाई माया गर्छु भन्नेले…..
मलाई माया गर्छु भन्नेले अर्कैसंग माया लाईछन्
हिजोसम्म अाफ्नै थिएँ म आजदेखि पराई ठानिछन्
जीवनको गोरेटोमा संगै हिड्ने कसम खाएर
घाँस दाउरा मेलापातमा पिरतीको गीत गाएर
बिताएका पलहरुलाई खेलौना झैँ तिन्ले मानिछन्
हिजोसम्म अाफ्नै थिएँ म आजदेखि पराई ठानिछन्
ठेसलागि लड्दा उनी हात समाई कति उठाएँ
उनकै लागि यो ज्यानले हत्केलामा ठेला फुटाएँ
भित्री मन्ले पुजा गर्दथिन् आज अर्कै देउता मानिछन्
हिजोसम्म अाफ्नै थिएँ म आजदेखि पराई ठानिछन्
सौदावाजी हुन थाल्यो कि माया किन यति सस्तो भो
खै कसरी चित्त बुझाउँ सम्झदा नि कस्तोकस्तो भो
नबुझिने भाषा मायाको यसैलाई उन्ले छानिछन्
हिजोसम्म अाफ्नै थिएँ म आजदेखि पराई ठानिछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *