Skip to content


आहा! वनमा फुल फूलैफूल वासना चल्यो मनैमा
हाँसुहाँसु लाग्न थाल्यो लाली चढ्यो तनमा
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होसै नहुने

जता हेर्यो चारैतिर नयाँ रंग छायो
आफैसित लाज लाग्ने कस्तो बेला आयो
छमछमाई पाइलाहरु जोवनको कलमा
नाचूँ नाचूँ लाग्न थाल्यो ढुकढुकीको तालमा
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होसै नहुने

गुराँसको फरिया हेरौं चमेलीको चोली
वेलीवास चलाउँछे मनको कुरा खोली
फरफराए ओठहरु वैंस बोलाएर
भागूँ भागूँ लाग्न थाल्यो आँखा लोलाएर
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होसै नहुने

शब्द – किरण खरेल
स्वर – तारादेवी
चलचित्र – सिंदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *