साथी, घरी घरी तिमीले मलाई बिर्सिएको जस्तो लाग्छ
फेरि कतै मुटु भित्र सजाए झैँ जस्तो लाग्छ ।।
रिसाएर तार्की हिड्छ्यौ थोरै माया छैन जस्तो
रिसमा पनि अँझै माया मारयाछैन जस्तो लाग्छ
फेरि कतै मुटु भित्र सजाए झैँ जस्तो लाग्छ ।।
मेरा कुरा गर्छ्यौ अरे तिम्रा साथी संगीसँग
मेरो छेउ पर्दा फेरि नबोले झैँ जस्तो लाग्छ
फेरि कतै मुटु भित्र सजाए झैँ जस्तो लाग्छ ।।
ठुस्किएर टाढा हुन्छ्यौ आजकाल किन तिमी
त्यसो गर्दा तिमीले माया मारे जस्तो लाग्छ
फेरि कतै मुटु भित्र सजाए झैँ जस्तो लाग्छ ।।
श्रीकृष्ण कार्की (निरोगी)