Skip to content

मान्छे स्वाहा


मानव इतिहासले मान्छेलाई
प्रकृतिको सुन्दर उपहार भनेको छ ।
नारी र पुरुष एउटा युद्धका महाँरथी हुन्
जसले संसारिक युद्ध हाँक्न सक्छन्
आपसमा होस्टे हैंसे गर्दै…..
+ + +
प्रकृतिको सुन्दर बगैंचा सिंगार्दै छ
सुन्दर बगैंचा मान्छेले भत्काउँदै पनि छ ।
मान्छे आफैं सुन्दर छ,
चाहिन्दैन उसलाई अरु सुन्दरता
मान्छेलाई त आनन्द चाहिन्छ,
सुख चाहिन्छ, धनदौलत,
अनि खै के के हो के के ।
आफ्नै सुन्दरतालाई बिगार्दै छ मान्छे ।
कुरुपता खोज्दैछ मान्छे ।
ऊसँग मस्तिष्क छ, तर मन छैन
ऊसँग सम्बेदना छैन
अनि गर्छ अत्याचार
अशान्ति मच्चाउँछ समाजमा
उद्दण्डता प्रदर्शन गर्छ
= = =
तैपनि मान्छे काँतर छ,
तर ऊ निर्धक्कभन्छ, म सुरो छु ।
हो मान्छे सुरो छ,
सुरो जस्तै अग्निमा हाम फाल्न खोज्छ मान्छे
तर पारी वनमा लागेको डडेलो देख्ता तर्सिन्छ
आगो देख्नेसाथ पछि सर्छ मान्छे
सुरो जस्तै, स्वाहाको तालमा
जो स्वाहा भन्नै नपाइकन
पतनको बाटोमा,आफै स्वाहा हुन्छ मान्छे
अनि आफै स्वाहा हुन्छ मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *