तिमीले खटाई खटाई दिएको प्रेम,
अलिकति स्नेह,
मुटुको धडकन बढाइदिने व्यवहार,
सबैलाई समेट्दै,
अदम्य साहस र छचल्किएको खुसीका साथ
जीवनको गोरेटो पथमा लम्किँदै छु।
जीवन र मृत्युको दोसाँधमा पुगेको शरीरलाई
चिकित्सकले रामवाण दिएर विउँताएझैँ,
तिम्रा उत्प्रेरक शव्दका भन्डारहरूले
मलाई जिउन सिकाउँछौ।
म भने, भर्खरै कखरा पनि खार्न नसकेर
केही बुझ्न नसक्ने सानी केटीको अभिनय गरेर रमाइदिन्छु।
तिम्रा लालित्यमय भावहरू सुन्ने प्रयासमा
अनजान बनेको नाटक गरिदिन्छु।
तर तिमीलाई के थाहा!
तिम्रा मधुर वाणी सम्झिएर एक्लै मुस्काउँदाका ती क्षणहरू,
आलिङ्गनको कल्पनामा बाँधिदै तिमीसँग गफ्फिन उत्सुक समयहरू,
त्यो घडी र पलाको बदला,
म आफैँलाई रित्याउन चाहन्छु।
विज्ञानले मनका भावहरू छताछूल्ल पारिदिने यन्त्रको आविष्कार गरेको भए,
तिमीले मेरा चोरीहरू कति पकड्ने थियौ होला!
मनका भावहरू कति बिथोल्ने थियौ होला!
त्यति मात्रै कहाँ हुन्थ्यो होला र!
प्रेमलाई पाप ठान्नेहरूसित भयातूर भएर भाग्दै हिँड्नु पर्ने थियो होला!
‘तँलाई प्रेम गर्ने अधिकार छैन!’ भन्ने हुकूम प्रमाङ्गी पालन गर्नु पर्थ्यो होला!
तर म ढुक्क छु,
तिम्रो प्रेमिल साथ हुँदासम्म,
मलाई कसैले रोक्न सक्ने छैन
तिम्रा स्नेहका बन्धनले छुँदासम्म
कसैको रोषको असर हुने छैन।
त्यसैले म भन्छु,
सूर्यको सुनौलो किरण बनी मेरो आँगनमा आइरहु
मेरो आस्थाको सगरमाथामा शिखर बनी छाइरहु।
प्रेमको वर्षाले मेरो जीवन न्यौछावर गरिरहु।

बडाे राेमान्टिक भाव भएकाे
बडाे राेमान्टिक भाव भएकाे मिठासिलाे कविताका लागि बहिनी लम्साललाइ धन्यवाद ।