गजल
हिजो आज तिम्रो नाम मैले जप्न छाडि सके
बिशेषण काली नाम मैले थप्न छाडि सके
साचो माया दिदा खेरी झुटो कुरा हुन्छ भने
तिम्रो लागि सत्य साक्षी मैले बक्न छाडि सके
भोक तिर्खा सबै दिए जुनतारा आदी सबै
जुनी जुनी भोग्नी पिडा मैले खप्न छाडि सके
फेरी फेरी प्रेमी साट्नी तिम्रो चाल देखी सके
कुरा गर्नी कला तिम्रो मैले टप्न छाडि सके
सङघर्षले पद छाडि अन्तै गछ्न गए पछी
देबलमा तिम्रो नाम मैले कप्न छाडि सके
